काठमाडौँ । रामेछापको लिखु तामाकोशी गाउँपालिकाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न शिविर गर्ने भएको छ ।
सामाजिक सुरक्षा भत्ता प्राप्त लाभग्राहीलाई लक्षित गरी लिखु तामाकोशीले राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर सञ्चालन गर्न लागेको हो । लाभग्राहीबाहेकले पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न सकिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले आफ्ना सबै वडामा पठाएको पत्रअनुसार माघ ३ गते १ नम्बर वडा, माघ ४ गते २ नम्बर वडा, माघ ५ गते ३ नम्बर वडा, माघ ६ गते ४ नम्बर वडा, माघ ७ गते ५ नम्बर वडा, माघ ८ गते ६ नम्बर वडा, माघ ९ गते ७ नम्बर वडा कार्यालय र माघ १० गते गाउँपालिकाको कार्यालयमा शिविर सञ्चालन हुनेछ ।
विवरण दर्ता आवश्यक पर्ने कागजात
१. नागरिकता सक्कल प्रमाणपत्र (सबै विवरण अनिवार्य स्पस्ट हुनुपर्ने छ)
२. विवाह गरी आउनेहरु (विवाह पछि पतिको स्थाई ठेगनाबाट नागरिकता नबनाएको हकमा) विवाह दर्ता संक्कल प्रमाणपत्र।
३. २०४७ साल भन्दा अगाडीको घटना दर्ता भएमा वडाबाट प्रमाणित संक्कल प्रमाणपत्र ।
४. तीनपुस्ते विवरण खुल्ने कागजात