Odapalika - The Fourth Estate - चौथो अंग
जग्गा लिलाम भएपछि वडाध्यक्षले कुटे सहकारीको प्रबन्धक, यस्तो छ घटना 

काठमाडौँ । तनहुँको भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठ सहकारीका प्रवन्धकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका छन् । 

भिमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष श्रेष्ठसहित ईश्वरकुमार श्रेष्ठ, नितेश श्रेष्ठ, नेपोलने श्रेष्ठ र विकल श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका पाँचजनालाई जिल्ला अदालत कार्यालयबाट पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ । 

वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठको नाममा लिएको ऋण नतिरेपछि राखेको धितो जग्गा लिलाम गरेको भन्दै वडाध्यक्ष श्रेष्ठसहितले प्रबन्धक गैह्रेलाई कुटपिट गरेका हुन् । 

२०७६ सालमा वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठको नाममा  २८ लाख रुपैयाँ ऋण लिइएको थियो । तर, सावा, ब्याज एक पटक पनि नतिरेको, पटक पटक ताकेता गर्दा पनि नतिरेपछि कानुनअनुसार जग्गा लिलाम गरेको सहकारीको दाबी छ ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update