Odapalika - The Fourth Estate - चौथो अंग
नेम्वाङको निधनमा शोक मनाउन इलामका स्थानीय तहले दिए सार्वजनिक बिदा

काठमाडौँ । संविधानसभा अध्यक्ष, एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको गृह जिल्ला इलामका पालिकाहरुले सार्वजनिक बिदा घोषणा थालेका छन् । 

इलामको रोङ गाउँपालिकाले उनको निधनमा आज शोक बिदा दिने निर्णय गरेको छ । इलामकै माङसेबुङ गाउँपालिकाले पनि आज शोक बिदा दिने निर्णय गरेको अध्यक्ष हेमन्त राइले जानकारी दिए । 

नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै इलाम नगरपालिका र देउमाइ नगरपालिकाका प्रमुखहरुले विज्ञप्तिमार्फत शोक व्यक्त गरका छन् । 

सुर्योदय नगरपालिका र यसका मेयर रणबहादुर राईले पनि नेम्वाङको निधनमा शोक व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update