Odapalika - The Fourth Estate - चौथो अंग
सवारी लाइसेन्सका लागि ईडीएल प्रणाली लागु हुने, आवेदनदेखि भुक्तानीसम्म अनलाइनबाटै

काठमाडौँ । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदनका लागि इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (ईडीएल) प्रणाली लागु गर्ने भएको छ । 

यो प्रणाली लागु भएपछि लाइसेन्सका लागि आवेदनदेखि भुक्तानीसम्म अनलाइनबाटै गर्न सकिनेछ । मन्त्रालयका अनुसार यो प्रणाली लागु गर्ने सम्पूर्ण तयारी भइसकेको छ । यो प्रणाली लागु भएपछि निरोगिताको प्रमाणपत्र र बायोमेट्रिकका लागि लाइनमा बस्नु नपर्ने मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार दुई सातामा नै प्रदेशअन्तर्गतका यातायात कार्यालयहरूमा ईडीएल प्रणाली लागु हुनेछ । 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update