Odapalika - The Fourth Estate - चौथो अंग
आन्तरिक राजस्व विभागले भन्यो– पुस मसान्तभित्र विवरण र कर बुझाइसक्नू

काठमाडौँ  । आन्तरिक राजस्व विभागले पुस मसान्तभित्र चालु आर्थिक वर्षको कारोबारको अनुमानित करको विवरण र प्रथम किस्तावापतको कर दाखिला गर्न आह्वान गरेको छ । 

आर्थिक वर्ष २०८१/८२ को कारोवारको अनुमानित करको विवरण र सो विवरण अनुसारको तिर्नुपर्ने आयकरको पहिलो किस्तावापतको ४० प्रतिशतले हुने रकम यही पुस मसान्तभित्रै बुझाउन भनिएको हो । विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, सम्वन्धित आन्तरिक राजस्व कार्यालय वा सम्बन्धित करदाता सेवा कार्यालयमा करको विवरण र कर बुझाउन भनेको छ । 

‘आयकर ऐन, २०५८ (सं.स.) को दफा ९४ को उपदफा (१) बमोजिम आर्थिक वर्ष २०८१/८२ को आयकरको किस्ता रकम दाखिला गर्नु पर्ने करदाताहरुले दफा ९५ बमोजिम आर्थिक वर्ष २०८१/८२ को कारोवारको अनुमानित करको विवरण र सो विवरण अनुसारको तिर्नुपर्ने आयकरको पहिलो किस्ता वापतको ४० प्रतिशतले हुने रकम २०८१ पौष मसान्त भित्रै ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय,सम्वन्धित आन्तरिक राजस्व कार्यालय वा सम्बन्धित करदाता सेवा कार्यालयमा दाखिला गर्नुहुन सम्वन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ सार्वजनिक सूचनामा उल्लेख छ । 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update