काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।
बिहीबार दिउँसो सिंहदरबारमा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । दुई शीर्षनेताबीचको भेटवार्ताका क्रममा अन्य नेताहरु पनि सहभागी थिए ।
उनीहरुबीच संविधान संशोधनको एजेण्डाका विषयमा छलफल भएको सहभागी नेताहरुले जानकारी दिएका छन् । दुई शीर्षनेताको भेटलाई नियमितको रुपमा लिनुपर्ने बताएका छन् । साथै भेटमा समसामयिक र राजनीतिक विषयमा पनि कुराकानी भएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१ १७:४७
प्रतिक्रिया दिनुहोस्