Odapalika - The Fourth Estate - चौथो अंग
रविलाई कास्कीले छाड्यो, काठमाडौँ, चितवन, बाँके र रुपन्देही अदालतले के गर्लान् ? 

काठमाडौँ । सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति सुद्धिकरण अभियोग लागेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की जिलला अदालतले धरौटीमा रिहा गरेलगत्तै अन्य जिल्ला अदालतले के गर्लान भन्ने चासो बढेको छ । 

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले सुर्यदर्शन सहकारी ठगी अभियोगमा पुरक जाहेरी परेका लामिछानेसहितका ७ जना प्रतिवादीलाई धरौटी लिएर तारेखमा रिहा गर्न आदेश दिए पनि हालसम्म कसैले धरौटी बुझाइसकेका छैनन् । 

तर लामिछानेको हकमा भने कास्कीबाहेक काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ भने बाँके जिल्ला अदालत, कास्की जिल्ला अदालत र रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ताको अन्तिम तयारी छ ।

रवि लामिछाने पोखरामा धरौटी बुझाएर रिहा भए भने काठमाडौँँ जिल्ला अदालतमा आफैँ उपस्थित हुन सक्छन् । तर काठमाडौँ प्रहरीले उनलाई धरौटीमा रिहा भएलगत्तै पोखरा नै पुगेर पक्राउ गरेर अदालतमा बुझाउन पनि सक्छ । 

यो निर्णय भने प्रहरीमा निर्भर रहन्छ । तर काठमाडौँ बाहेकका अन्य जिल्लामा भने उनीविरुद्ध अदालतमा मुद्दा दर्ताको चरणमा रहेकाले काठमाडौँ जिल्ला अदालत फेस गरेपछि पनि उनी अन्य अदालत जानुपर्ने हुन्छ । 

ती अदालतले कास्की जिल्ला अदालतले झै धरौटीमा रिहा गर्ने, साधारण तारेखमा छाड्ने या थुनामा राखेर मुद्दाको सुनुवाई अघि वढाउने आदेश दिन सक्छन् । 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update