काठमाडौँ । मंगलबारदेखि काठमाडौँको भृकुटीमण्डपमा नाडा अटो शो सुरु भएको छ । ६ दिनसम्म चल्ने प्रदर्शनीमा ठूला तथा साना गरी करिव १२० स्टल तथा ब्लकहरु रहेको नेपाल अटोमोबाइल्स एसोशिएसन अफ नेपाल (नाडा)ले जनाएको छ ।
अटो शोमा ४५ ब्राण्डले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका छन् । शोमा १६ वटा चार पांग्रे, २२ वटा दुई पांग्रे र ७ वटा लाइट कमर्शियल भेहिकलले आफ्ना ब्राण्डहरु राखेका छन् । यस्तै, कम्पोनेन्ट, ल्यूव, टायर, हेलमेटको स्टल पनि अटो शोमा छन् ।
प्रदर्शनीमा ९ वटा वित्तीयय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता छ ।
६ दिनसम्म चल्ने नाडा अटो शो २०२३ मा लगभग ७५ हजार अवलोकनकर्ताले सहभागिता जनाउने आयोजकको अनुमान छ ।
३ वर्षपछि हुन लागेको अटो शोलाई नै लक्षित गरेर सेरेस र स्काइवेल ब्राण्डहरु नेपाल प्रवेश गरेका छन् ।