-1720945163.jpg)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतबाट मुक्त भएका छन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणको अभियोगमा प्रहरीले पक्राउ गरेको ८४ दिनपछि लामिछाने हिरासतमुक्त भएका हुन् । उनलार्य कास्की अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
अदालतको आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने रिहा भएका हुन् ।
लामिछाने विरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनाको अभियोगमा पनि मुद्दा दायर भएको छ । यसैकारण पोखराबाट हिरासतमुक्त भएपनि काठमाडौंमा दर्ता भएको मुद्दाको आधारमा उनलाई प्रहरीले पुनः पक्राउ गर्ने आशंका गरिएको थियो ।
तर, प्रहरीले लामिछानेलाई तत्काल पक्राउ नगर्ने नीति अख्तियार गरेको बताइन्छ । लामिछानेलाई अन्य जिल्लाका अदालतमा चलेका मुद्दाका विषयमा आफै उपस्थित हुन पाउने गरी छोड्न लागिएको हो ।