काठमाडौं । साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारिकीकरण गर्न र उद्यमशीलता विकास गर्नका लागि नेपाली कांग्रेसल नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ । नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा आगामी माघ १६ र १७ गते सम्मेलन गर्न लागेको हो ।
आर्थिक रुपान्तरणलाई प्रवद्र्धन गर्न, लगानी प्रोत्साहन गर्न, डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गर्न, युवा उद्यमीलाई प्रोत्साहित गर्दै उद्यमशीलता विकासमा सहयोग पु¥याउन सम्मेलन आयोजना गरेको नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागका संयोजक तथा केन्द्रीय सदस्य उर्मिला थपलियाले बताइन् ।
‘साना तथा मझौला व्यवसायीलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको हो । सम्मेलनमा उद्यमीले के कस्ता समस्या झेलिरहेका छन् र सम्भावना तथा अवसरको बारेमा पनि छलफल हुनेछ,’ थपलियाले भनिन् ।
विभागले आयोजना गरेको सम्मेलनमा नेपालमा उत्पादन गरेका वस्तुको प्रर्दशनी गर्नका लागि नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागका र नेपाल घरेलु तथा साना उद्योग महासंघकाबीच सहमति पत्रमा हस्ताक्षर गरेको छ । कांग्रेसकोतर्फबाट विभागकी संयोजक थपलिया र महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले हस्ताक्षर गरे । सम्मेलनमा ८० वटा स्टल राख्ने आयोजकले जनाएको छ । स्टलमा महासंघले मुलुकभर उत्पादन भएका लघु तथा साना उद्योगले उत्पादन गरेका हस्तकला लगायतका वस्तुहरु प्रर्दशनीमा राख्ने सहमति भएको छ । कांग्रेसले नेपाली वस्तुको प्रवद्र्धन गर्नु सकरात्मक भएको महासंघका अध्यक्ष सिंहले बताए । ‘सम्मेलनले वस्तुलाई बजारसम्म पु¥याउन सघाउ पुग्नेछ,’ सिंहले भने, ‘मेड इन नेपाल अन्तर्गत उत्पादित वस्तुलाई निःशुल्क स्टल उपलब्ध गराउने कार्य सकरात्मक छ ।’ राजनीतिक दलले उद्यमीलाई हौसला प्रदान गर्ने कार्यले उद्यमशीलता विकासमा सहयोग पुग्ने उनले बताए ।
सम्मेलनमा नेपाली उद्यमशीलताको भविष्य र आर्थिक रुपान्त्रणका सम्भावनाका बारेमा समूहगत छलफल समेत आयोजना गरिएको थपलियाले बताइन् ।
नेपालको आर्थिक संरचनामा सुधार ल्याउन, नवीनतम दृष्टिकोण र उद्यमशील रणनीतिको अन्वेषण गर्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । नवप्रवद्र्धन र उद्यमशीलताका माध्यमबाट अर्थतन्त्रलाई कसरी सवल बनाउने भन्नेमा विचार आदान प्रदान गर्ने थपलियाले बताइन् । कार्यक्रममा समूह छलफलका लागि प्राथमिकताका क्षेत्र पनि तोकिएको छ । नवप्रवद्र्धन र उद्यमशीलता, नेपालमा लगानी, स्टार्टअप र एसएमईको भविस्य, कृषि उद्यमशीलता अवसर र चुनौतीहरु, शिक्षा र जनशक्ति विकास आइटी क्षेत्रको लागि तयारी, महिला उद्यमशीलता समतामूलक आर्थिक विकासको दिशामा, गैरआवासीय नेपाली नेपालमा लगानी र आर्थिक वृद्धिको सम्बन्ध अवसर र चुनौतीहरु लगायतका विषयमा छलफल गर्ने नेपाली कांग्रेसले जनाएको छ ।