काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ ।
बिहीबारको तुलनामा शुक्रबार प्रतितोला सुनमा ८०० रुपैयाँले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि ५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन शुक्रबार १ लाख ५४ हजार १०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य १ हजार ८४५ कायम भएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१ ११:३७
प्रतिक्रिया दिनुहोस्