रुपन्देही । पछिल्लो केही दिनयता रुपन्देहीमा चिसो बढेसँगै स्थानीय तहहरुले न्यानो कपडा वितरण सुरु गरेकाे छ । रुपन्देहीमा गत मंगलबारदेखि अत्यधिक मात्रामा चिसो बढेको छ ।
चिसोबाट जोगाउनका लागि रुपन्देहीको सियारी गाउँपालिकासहित अन्य स्थानीय तहले पनि न्यानो कपडा वितरण गरिरहेका छन् । चिसो बढेसँगै जनजीवन कष्टकर बनेपछि सियारीले नागरिकके घरदैलोमा पुगेर ब्लाङकेट वितरण गरेको छ।
सियारी गाउँपालिकाले ७५ वर्ष माथिका ज्येष्ठ नागरिक र अति अशक्त नागरिकलाई कम्मल वितरण गरेको हाे । चिसोका चिसोका कारण जनजीवन प्रभावित भएकाे छ । सडकमा यातायातका साधन कममात्रमा गुडेका छन् भने नागरिक पनि कम मात्रामा घर बाहिर निस्किएका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१ १२:०८
प्रतिक्रिया दिनुहोस्