Odapalika - The Fourth Estate - चौथो अंग
२० वर्षदेखि अलपत्र छ बर्दिवास नगरपालिकाको एउटा पुस्तकालय

महोत्तरी । मल्लकालीन समयमा राजधानी भक्तपुरमा ‘सकोठा’ नामक पुस्तकालयको अस्तित्वमा थियो । तत्कालीन समयमा अस्तित्वमा रहेतापनि त्यसपछि औपचारिक रुपमा नै खुलेका पुस्ताकालयहरु निक्कै संकटको अवस्थामा छन् । यस्तै अवस्था देखिएको छ महोत्तरीमा पनि ।

२०६० मा महोत्तरीको बर्दिवासमा खुलेको एउटा पुस्ताकालय २०  वर्ष वितिसक्दा पनि स्थापनाको अवस्थाबाट माथि उठ्न सकेको छैन । बर्दिवास सामुदायिक पुस्ताकालयको उचित व्यवस्थापन र सम्बद्र्धन हुन नसक्दा उद्देश्यविहीन बनेको छ ।

पुस्ताकालयको आफ्नै भवन छ भने झन्डै ४ हजार पुस्तक दराजमा थन्किएका छन् । भौतिक र आर्थिकरुपमा समेत सम्पन्न पुस्ताकालय किन नाम मात्रको पुस्ताकालय वनिरहेको छ भन्ने बिषय थप पेचिलो वन्दै गएको छ ।

pustakalaya (3)1694520972.jpg

पुस्ताकालयमा एकजना पनि गएर पुस्तक अध्ययन गर्ने वातावरण छैन । तर एक जना कर्मचारी भने नियमित पुस्ताकालय रुँगेर बसिरहन्छन् । 

सामुदायिक अपनत्व रहेको यो पुस्ताकालय कसको कारणले गैरजिम्मेवार वनेको छ ? भन्ने प्रश्न समेत प्रश्न उठन थालेका छन् ।

प्रश्नको जवाफ न संचालक समितिसँग छ न त कुनै नियामक निकायसँग नै । नगरपालिका समेत सामुदायिक पुस्ताकालय जस्तो संस्थामा बेखवर हुनुले स्थानीयहरुले नगरमाथि नै प्रश्न उठाउन थालेका छन् ।

पुस्ताकालयको आफ्नै संचालन समिति समेत छ तर बिधानअनुसार ३ बर्षमा हुने साधारणसभा समेत हुन सकेको छैन ।

आधुनिक डिजिटाईलाजेसन पुस्ताकलय वनाउने, नगरको कला, संस्कृति झल्कने संग्राहालय वनाउने, युवा तथा वालवालिकाको खेलकुद सम्बन्धि समूह गठन गरी खेलकुदको बिकाश गर्ने, श्रब्य, दृश्यको माध्यमवाट महिला अधिकार, सामाजिक समावेशीकरण क्षेत्रमा जनचेतना जगाउने जस्ता पुस्तकालयका बृहत उदेश्यहरु छायामा छन् । 

नयाँ ढंगवाट जाँदै छौ : अध्यक्ष भट्टराई

पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रसाद भट्टराईले भने पुस्ताकालयलाई समयसापेक्ष विकास गर्न गृहकार्य भइरहेको वताउँछन् । 

सामुदायिक अपनत्वलाई कायम राखिराख्न समयअनुसार परिमार्जन गरेर पुस्ताकालयलाई नया उचाईमा लैजाने अध्यक्ष भट्टराईको भनाइ  छ ।

pustakalaya (1)1694520969.jpg

पुस्ताकालयको साधारणसभा समयमा नै गर्न नसकिएको पनि अध्यक्ष भट्टराईले स्वीकार गरे । कतिपय कमजोरी भएतापनि अव त्यस्तो नहुनेमा उनको दाबी छ ।

पुस्ताकालयमा काम नभएतापनि एक जना कर्मचारी भने राखिएको छ । कार्यालय समयमा आएर खोल्ने र बन्द गर्ने कामका लागी मात्र ति कर्मचारीले मासिक १२ हजार बुझ्दै आएका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update