Odapalika - The Fourth Estate - चौथो अंग
यी हुन् मन्त्रिपरिषद्को ६ निर्णय 
फाइल तस्बिर

काठमाडौँ । मन्त्रिपरिषद्को हालै बसेको बैठकका निर्णय सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले यही पुस २३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गरेका छन् ।

बैठकले फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसँगसम्बन्धी कार्यक्रममा सहभागी हुन वनराज्य मन्त्रीलाई स्वीकृत प्रदान गरेको उनले जानकारी दिए । 

मन्त्री गुरुङका अनुसार सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रूपमा काम गर्ने गरी काजमा खटाउने निर्णय भएको छ ।

बैठकले माघ २८ देखि ३० गतेसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने एक कार्यक्रममा सहभागी हुन उपमहालेखापरीक्षक वामदेव शर्मा अधिकारीलाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिए । 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले संविधान संशोधनका विषयमा कांग्रेस–एमालेबीच भएको सहमति तलमाथि नहुने बताए । 

poush-23_cabi-nirnaya-1736495456.jpg
 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update