Odapalika - The Fourth Estate - चौथो अंग
विश्वकप क्रिकेट खेल्ने नेपाली महिला टोलीको बिदाइ 

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको बिदाइ गरेको छ । 

बिहीबार बिहान काठमाडौंको लाजिम्पाटस्थित दुषित प्रिन्ससमा आयोजित कार्यक्रममा क्यानका पदाधिकारीसहित खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडीहरूको बिदाइ गरेका हुन् । 

नेपाली महिला टोली माघ ५ गतेदेखि सुरू हुने विश्वकप खेल्न शनिबार मलेसिया प्रस्थान गर्नेछ । यसको अघिल्लो दिन शुक्रबार सरकारले बिदाइ गरेको हो । 

विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । विश्वकपमा चार समूहका १६ टोली समूह चरणमा प्रतिस्पर्धा गर्नेछन् । समूहका शीर्ष दुई टोली अन्तिम आठमा पुग्नेछन्।

पूजा महतोको कप्तानीमा रहेको नेपाली टोलीले पहिलो खेल बंगलादेशसँग माघ ५ गते खेल्नेछ । सो खेल मलेसियाको बांगीमा हुनेछ । दोस्रो खेल माघ ७ गते स्कटल्यान्ड र तेस्रो खेल माघ ९ गते अस्ट्रेलियाविरूद्ध हुनेछ ।

नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा,  रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ छन्।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update