काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लीला पछाईं ३७ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी छन् ।
बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लीलासहित ७ जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, बिहीबार धरौटी बुझाउन नसकेपछि शुक्रबार ३७ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएकी हुन् ।
बिहीबार अन्य प्रतिवादीहरु रास्वपा सभापति रवि लामिछानेले ६५ लाख, पूर्वडीआईजी छविलाल जोशीले ८८ लाख रुपैयाँ, राम खनालले १५ लाख, कृष्ण गुरुङलाई १ लाख, मीना गुरुङले ५ लाख र आरती गुरुङले ५ लाख रुपैयाँ धरौटीमा बुझाएर रिहा भएका थिए ।
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१ १४:५८
प्रतिक्रिया दिनुहोस्