कास्की । सूर्यदर्शन सहकारीको रकम अपचलनमा पक्राउ परेर धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने पोखराबाट काठमाडौँका लागि हिँडेका छन् ।
बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासको आदेशअनुसार ३७ लाख धरौटी बुझाएर ८४औँ दिनमा रिहा भएका उनी काठमाडौँका लागि हिँडेका हुन् ।
शुक्रबार दिउँसो २ बजेको फ्लाइट क्यान्सिल गरेर करिब साढे २ बजेतिर स्थलमार्गबाट उनी काठमाडौँका लागि गाडीमा हिँडेका हुन् ।
बिहीबार रिहा हुँदा उनले शुक्रबार आफूविरुद्ध अभियोजन दर्ता भएको काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने गरी कागजमा हस्ताक्षर गरेका छन् । यसर्थ उनी शुक्रबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने तयारीमा छन् ।