Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहमा बढी उमेर भएकालाई प्रशासकीय अधिकृत बनाउन सुझाव, ५ वर्षमा कर्मचारीको पद परिवर्तन गर्नुपर्ने 
फाइल तस्बिर

काठमाडौँ । पाँच वर्षमा हरेक कर्मचारीको पद परिवर्तन गर्न मौखिक प्रस्ताव गरिएको छ । शुक्रबार संसद्को राज्य व्यवस्था समितिको बैठकमा नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले पाँच वर्षमा हरेक कर्मचारीको पद परिवर्तन गर्न मौखिक प्रस्ताव गरेका हुन् । 

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले कर्मचारी सरुवा प्रणालीलाई १० वर्षमा केन्द्रित गर्नुपर्ने पनि सुझाव दिए । 

उनले स्थानीय तहमा बढी उमेरको व्यक्ति प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने र यसका लागि प्राविधिक कर्मचारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

कर्मचारी सरुवा बढुवाका कारण ट्रेड युनियन बदनाम भएको उनको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update