Odapalika - The Fourth Estate - चौथो अंग
सरकारले १ वर्ष थप्यो सशस्त्र प्रहरीका ४ नायव महानिरीक्षकको पदावधि  

काठमाडौँ । सरकारले सशस्त्र प्रहरीका ४ नायव महानिरीक्षकको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको छ । यही पुस २३ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको पदावधि एक वर्ष थप्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

पुस २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू कमल गिरी, गणेश बहादुर ठाडा मगर, कुल बहादुर नेम्वाङ र शम्भु सुवेदीको एक वर्ष पदावधि थप गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । 

 

poush-23_cabi-nirnaya-1736495456.jpg
 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update