Odapalika - The Fourth Estate - चौथो अंग
यस वर्ष आयल नियमको नाफा १० अर्ब

काठमाडौँ । नेपाल आयल निगमले यस वर्ष १० अर्ब नाफा गरेको दाबी गरेको छ । निगमको ५५औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा निगम कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले निगमले यस वर्ष १० अर्ब रुपैयाँ नाफा गरेको दाबी गरेका हुन् । 

‘निगम देशको ठूलो संस्थाहरूमध्येको पहिलो ठूलो कारोबार गर्ने संस्था बन्न सफल भएको छ । हामीले १० अर्ब नाफा गर्न सफल भएका छौँ,’ उनले भने । 

पेट्रोलियम पदार्थको निरन्तर सहज र सुलभ आपूर्ति सुनिश्चित गरिएको जानकारी दिँदै उनले अन्तर्राष्ट्रिय बजारले तोकेको मूल्य र गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री वितरण गर्न सफल भएको दाबी गरे । उनका अनुसार पेट्रोलियम पदार्थको खपत बढिरहेको छ । 

भण्डारण क्षमता विस्तार, पेट्रोलियम पाइपलाइन विस्तार र डिपोको आधुनिकीकरणका र सूचना प्रविधिको विकासमा निगमले जोड दिएको उनको भनाइ छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १६:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update