काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडलसँग भेटवार्ता गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवासमा पुगेका हुन् । भेटमा उनीहरूबीच देशको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीचको भेटवार्तामा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल सहभागी थिए ।
कानुनमन्त्री चौरसिया, मुख्यसचिव अर्यालसहित केही नेता लिएर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१ १७:४६
प्रतिक्रिया दिनुहोस्