Odapalika - The Fourth Estate - चौथो अंग
विद्यालय तहका शिक्षकलाई खुसीको खबर, यी विषयमा पाइदैछ देशभरबाट प्रतिस्पर्धा गरेर पुरस्कार

काठमाडौँ । देशका कुनाकाप्चामा रहेका विद्यालयत तहका शिक्षकहरुले पनि देशव्यापी प्रतिस्पर्धामा सहभागी भएर पुरस्कार पाउने भएका छन् । 

नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षा विषयमा प्रवेशिका परीक्षमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयका माध्यामिक तहका शिक्षकलाई प्रोत्साहन गर्न यसरी पुरस्कार दिन लागिएको हो । पुरस्कार भिपी अग्रवाल फाउन्डेसनले प्रदान गर्न लागेको हो ।

स्वर्गीय प्राडा भिपी अग्रवालको नाममा स्थापना गरिएको भिपी अग्रवाल साइन्स फाउन्डेसनले देशभरका शिक्षकबाट पुरस्कार वितरण गर्न लागेको छ । अगामी माघ महिनामा वितरण गरिने पुरस्कारको लागि ७ वटा आधार तय गरिएको छ ।

vp-agrawal-foundation-1736608313.jpg
फाउन्डेसनले सार्वजनिक सुचना प्रकाशित गरी दिएको जानकारी अनुसार यो पुरस्कारको राशि २ लाख २२ हजार २२२ रुपैयाँ छ । सबै प्रदेशका शिक्षक समावेश हुने गरी पुरस्कार वितरण गर्न लागिएको फाउन्डेसनको भनाइ छ । प्रत्येक विषयबाट एक/ एक जना गरी पाँच विषयका ५ जना शिक्षक पुरस्कृत गर्न लागिएकाे फाउन्डेसनकाे भनाइ छ ।

यस्ता छन् मापदण्डहरुः

रू. २,२२,२२२/-उक्त पुरस्कार यसै बर्षको माघ महिनामा दिने उद्देश्य अनुरूप देहायका योग्यता पुगेका सार्वजनिक विद्यालयका शिक्षकहरूले www.vpagrawalsciencefoundation.org.np पोर्टलमा गई आवेदन दिनु हुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छः-

  1. सम्बन्धित विद्यालयको स्थायी शिक्षक वा कम्तीमा पाँच वर्ष निरन्तर काम गरेको करार वा राहत कोटामा काम गरेको शिक्षक हुनु पर्ने ।
  2. सम्बन्धित विषयमा पछिल्लो दुई वर्षको विषयगत नतीजामा कम्तीमा असी प्रतिशत विद्यार्थी उत्तीर्ण भएको ।
  3. विद्यालयको समग्र उत्तीर्ण नतिजा आवेदन वर्षहरूमा कम्तिमा ३५ प्रतिशत भएको ।
  4. हिमाली र पहाड़ी जिल्लामा कम्तीमा २० जना, तराई र काठमाडौं उपत्यकामा कम्तीमा ३० जना विद्यार्थी परीक्षामा सहभागी भएको ।
  5. आवेदन अवधिमा कुनै असाधारण विदा नलिएको, सट्टा शिक्षक नराखेको, भ्रष्टाचार र फौजदारी अभियोग लागेको र कुनै विभागीय कारवाही भएको हुन नहुने ।
  6. यस प्रयोजनका लागि सि ग्रेड सम्म ल्याएकोलाई मान्यता दिइने ।
  7. पहिलो चरणमा प्रत्येक विषयमा उत्कृष्ट ३ जनालाई छनौट गरिने र तीन जनाको प्रस्तुति समेतका आधारमा उत्कृष्ट विषय शिक्षक छनौट गरी पुरस्कृत गरिनेछ । अन्य विवरण आवेदन फाराममा उल्लेख गरिएको छ ।

तसर्थ उपर्युक्त योग्यता पुगेका शिक्षकले फाउण्डेशनको वेवसाईटमा भएको  सिफारिस फाराम डाउनलोड गरी विवरण भरी विद्यालयबाट प्रमाणित गराई सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र अनलाइन आवेदन दिनु होला । यस विषयमा थप बुझ्नु परेमा फोन नंबर ९८६४४२२९२६ मा सम्पर्क राख्नुहोला । ढिलो गरी प्राप्त वा अपुरो निवेदनलाई अस्वीकार गरिनेछ ।

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  २०:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update