Odapalika - The Fourth Estate - चौथो अंग
रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा, पहिलो नम्बरमै पालो

काठमाडौँ । सहकारीको रकम ठगी गरेको अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेको बयान काठमाडौँ जिल्ला अदालत न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सुरु भएको छ । 

आइतबार कार्यालय समयअघि नै काठमाडौँ जिल्ला अदालतमा रवि बयानका लागि उपस्थित भएका छन् । अब उनका बयान र थुनछेक बहस न्यायाधीश अधिकारीकै इजलासमा हुने भएको छ । पहिलो नम्बरमै उनको पेसी चढाइएको छ । 

गत बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले सहकारीको रकम ठगीसहितको अभियोग लागेका रविसहित ७ प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । रविले ६५ लाख धरौटी बुझाएर बिहीबार रिहा भएका थिए । 

काठमाडौँ जिल्ला अदालतका आफैँ उपस्थित हुने शर्तमा रिहा भएका रवि आइतबार अदालतमा उपस्थित भएका हुन् । काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम ठगेको अभियोगमा रविलगायत विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । स्वर्णलक्ष्मीबाट रवि प्रवन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा कानुनविपरीत ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गएको प्रहरी अनुसन्धानले देखाएको छ ।

 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update