
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ४० अर्ब रूपैयाँ तान्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २१ दिनका लागि आइतबार ४० अर्ब रुपैयाँ उठाउन लागेको हो ।
यसका लागि राष्ट्र बैंकले आइतबार दिउँसो २ बजे बोलकबोलको समय तोकेको छ । आगामी माघ २० गतेभुक्तानी मिति तोकेर बोलकबोल गर्न लागिएको हो ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१ १२:०५
प्रतिक्रिया दिनुहोस्