Odapalika - The Fourth Estate - चौथो अंग
नेम्वाङ निधनको शोकमा भोलि देशभर सार्वजनिक बिदा, ११ बजे अन्त्येष्टि 

काठमाडौँ । सरकारले बिहीबार सार्वजनिक विदा दिने भएको छ । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टिका दिन  शाेक विदा दिने निर्णय भएको हो ।

मंगलबार हृदयघातका कारण ७१ वर्षीय नेम्वाङको निधन भएको थियो । उनका दुई भाई छोराहरु नै विदेशमा रहेका र आज अपरान्हमात्रै नेपाल आइपुग्ने भएकाले उनको अन्त्येष्टि बिहीबार गर्न लागिएको हो ।

नेम्वाङको पार्थिव शरीर आज दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । नेकपा एमाले पार्टी कार्यलयका अनुसार हिजोदेखि पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको पार्थिव शरीर आज दिउँसो १ बजे पछि घरमा लगिने जनाइएको छ ।

पार्थिव शरीर घरमा लगेर मुन्धुम संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली दिइनेछ । घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिएपछि भोलि बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update