Odapalika - The Fourth Estate - चौथो अंग
संघीय सरकारले ५ वर्षमा बाँढ्यो २० अर्ब ३० करोड कृषि अनुदान, यस्तो छ अनुदानको फेहरिस्त 

काठमाडौँ । संघीय सरकारले कृषिका विभिन्न आयोजनामार्फत विगत ५ वर्षमा देशभरका कृषका लागि २० अर्ब ३० करोड रुपैयाँ भन्दा बढी रकम बाँढेको छ । 

कृषि तथा पशुपक्षी मन्त्रीका अनुसार यो प्रत्यक्षतर्फको मात्र आंकडा हो । अप्रत्यक्ष अनुदानतर्फ भने सरकारले ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार रुपेयाँ अनुदान वितरण गरेको जनाएो छ । यो अनुदान रासायनिक मलमा दिइएको अनुदानसमेत भएको मन्त्रालयको भनाइ छ । 

सरकारले प्रत्यक्षतर्फ भने २० अर्ब ३० करोड ३० लाख १४ हजार रुपैयाँ अनुदान बाँढेको तथ्यांक सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार उखु कृषक प्राेत्साहन, मत्स्य बीमाको प्रिमियम अनुदानलगायतमा समेत ठूलो रकम वितरण भएको जनाएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १ लाख ४१ हजार ६ सय ७० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरू मार्फत कुल ६ अर्ब ६१ करोड ९५ लाख ३१ हजार रुपैयाँ रकम प्रवाह भएको छ ।

रानी जमरा गुलरिया सिँचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाई आयोजना बाट २१ हजार ४५० कृषि सहकारी, कृषि समूह, कृषि फर्महरू मार्फत कुल १८ करोड ४८ लाख ६१ हजार रुपैयाँ प्रवाह भएको छ ।

कृषि क्षेत्र विकास कार्यक्रममार्फत २७ हजार ६५० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरू मार्फत कुल  ८० करोड १९ लाख ६१ हजार रुपैयाँ रकम प्रवाह भएको छ  ।

मन्त्रालयका अनुसार नेपाल लाईभस्टक इनोभेसन आयोजनामा११ हजार १५० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरू मार्फत कुल १ अर्ब ९२ करोड ७५ लाख १३ हजार रुपैयाँ प्रवाह भएको छ ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनामा ४६ हजार २२६ कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरू मार्फत कुल १ अर्ब ५ करोड ३७ लाख ७९ हजार रुपैयाँ प्रवाह भएको छ ।

हेर्नुहोस् कुन परियोजनामा कति बितरण 


 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update