Odapalika - The Fourth Estate - चौथो अंग
उपत्यकाका विभिन्न क्षेत्रमा सरसफाई तथा वातावरणीय सचेतना 

काठमाडौँ । काठमाडौंका विभिन्न क्षेत्रमा नेप्सेम्याक सम्बद्ध कम्पनी एवम् संघसंस्था तथा शाखाहरुको प्रत्यक्ष सक्रियतामा विभिन्न स्थानीय तह, वडा कार्यालय तथा संघसंस्थासँगको सहकार्यमा सरसफाई तथा वातावरणीय सचेतना कार्यक्रम सम्पन्न भएका छन् । 

नागार्जन नगरपालिका र नेप्सेम्याकको संयुक्त आयोजनामा रानीवन प्लानिंग क्षेत्रमा सरसफाई तथा जनेचनामूलक कार्यक्रम आयोजना गरिएको छ । सफाई अभियानमा जनप्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधिहरु, टोल सुधार समितिका सदस्यहरु र स्थानीयको सहभागिता थियो । 

राष्ट्रिय एकता दिवस तथा पृत्वी जयन्तीको समेत अवसरमा स्थानीयहरुको सहभागितामा काठमाडौं महानगरपालिका वडा नं १६ टौडल क्षेत्रमा टौडल परिवार समाज र नेप्सेम्याक स्वयम्भू शाखाको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो । अभियान विहान ७ देखि १० बजेसम्म सञ्चालित थियो । 

नागार्जुन नगरपालिका वडा नं ६, नेप्सेम्याक र खरिटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सँयुक्त आयोजनामा जनचेतनामूलक कार्यक्रम तथा सरसफाई अभियान संचालन गरिएको हो । अभियानले शनिवार विहान बंगलामुखी मन्दिर देखि टेम्पो पार्कसम्म सरसफाई गरेको हो ।

शनिवार विहान नै भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुचोकमा पूर्व सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा टोल सरसफाई तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ । नेप्सेम्याक भक्तपुरको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको नेप्सेम्याकको तर्फबाट नेतृत्व गरिरहेका हरिवंश सुवेदीले बताए । 

चागुनारायण नगरपालिका वडा नं २ दुवाकोट भक्तपुरमा पनि सरसफाई अभियान सञ्चालन गरिएको छ । २ नं वडा कार्यालयका वडाध्यक्ष सोमप्रसाद प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय राजनीतिक दलका नेता कार्यकर्ता, जनप्रतिनिधि, टोल सुधार समितिका सदस्यहरु लगायत स्थानीयको सहभागिता थियो । 

यस्तै दुवाकोट समुदायका लागि २ घण्टा अभियानको जागरुक टीमसँगको सहकार्यमा नेप्सेम्याकले गठ्ठाघर चोकमा योगाभ्यास सहित स्वास्थ्य एवम् सरसफाई र ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको लिला ढकालले जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update