काठमाडौं । काईयी नेपालले अत्याधुनिक काईयी एक्स थ्री प्रो ईभीमा विशेष अफर घोषणा गरेको छ ।
नयाँ अफर अनुसार यो ईभी ५ वर्षसम्म शून्य प्रतिशत ब्याजदरमा उपलब्ध रहेको छ ।
काईयी एक्स थ्री प्रोमा शक्तिशाली प्रदर्शनका लागि १२० किलोवाटको मोटर, लामो समयसम्म चल्ने र भरपर्दो ऊर्जाका लागि ५३।६ किलोवाटघण्टा ब्याट्री, ४०१ किलोमिटरको माइलेज र यसको २८० एनएम टर्कले रोमाञ्चक ड्राइभिङ अनुभव सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।
काईयी नेपालले थापाथली (नेपाल राष्ट्र बैंक अगाडि) स्थित आफ्नो शोरूमा भ्रमण गर्न अनुरोध पनि गरेको छ ।
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१ २१:११
प्रतिक्रिया दिनुहोस्