काठमाडौं । माछापुच्छ्रे बैंकको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभाले जयमुकुन्द खनाल, मनिषा भण्डारी र सुनिलनारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।
यसैगरी, सभाले जीपी राजबहाक एण्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभामा बोल्दै बैंकका अध्यक्ष रोशन केसीले प्रविधिको विकास सँगसँगै यसमा देखा परेका चुनौतीहरूलाई कम गर्दै ग्राहकलाई जोखिमरहित सेवा प्रदान गर्न बैंक अगाडि बढिरहेको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङमा जोड दिइरहेको र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिरहेको बताए।