Odapalika - The Fourth Estate - चौथो अंग
ठूलो संख्यामा सचिवहरुको सरुवा गर्‍यो ओली सरकारले, सामान्यमा पन्थ

काठमाडौं । सरकारले १३ जना सचिवहरूको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैंकले सचिवहरुको सरुवा गरेको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव कृष्णहरी पुस्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ । सो मन्त्रालयका सचिव सचिव मुकुन्दप्रसाद निरौलालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ ।

यस्तै, महालेखा नियन्त्रणको कार्यालयमा कार्यरत सचिव बिनोदप्रकाश सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । सो मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेलाई महालेखा नियन्त्रकको कार्यालय सरुवा गरिएको छ ।

उपराष्ट्रपति कार्यालयका सचिव लक्ष्मीकुमारी बस्नेतलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । सो मन्त्रालयका सचिव दिनेश भट्टराईलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।

निर्वाचन आयोगमा कार्यरत सचिव रबिलाल पन्थलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । सो मन्त्रालयका सचिव भरतमणी सुवेदीलाई आयोग पठाइएको छ ।

यस्तै, युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ भने बागमती प्रदेश सरकारका प्रमुख सचिव डा. हरिप्रसाद लम्साललाई सो मन्त्रालय ल्याइएको छ ।

कर्णाली प्रदेश सरकारको प्रमुख सचिव चुणामणी शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् भने मधेश प्रदेशका प्रमुख सचिव लोकनाथ पौडेलको कर्णाली प्रदेश प्रमुख सचिवमा सरुवा भएका छन् ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  २२:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update