Odapalika - The Fourth Estate - चौथो अंग
नाडा शोमा टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब लन्च

काठमाडौं ।  टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सने बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कूटर टिभिएस आईक्युब नेपालमा लन्च गरेको छ ।

लन्चमा बोल्दै टिभिएस मोटर कम्पनीका डिरेक्टर र सीईओ केएन राधाकृष्णनले भने, ‘टिभिएस मोटर्सले सँधै नयाँप्रविधिहरू अपनाउन अगाडी छ । हामीले अटोमोबाइल उद्योगमा नयाँ बेन्चमार्कहरू खडा गर्दै आएका छौँ ।'

टिभिएस मोटरको अटल र भरपर्दो इन्जिनियरको क्षमताहरूद्वारा समर्थित, टिभिएस आईक्युब क्लास लिडिङ पर्फर्मेन्स, आराम, निर्माण गुणस्तर र सुरक्षा प्रदान गर्दछ जुन बलियो इनहाउस परीक्षणद्वारा प्रमाणित गरिएको छ ।

टिभिएस मोटर्सले विद्युतीय सवारी साधनको प्रविधिमा १० वर्षभन्दा बढी समयदेखि लगानी गर्दै आएको छ र नेपालमा विद्युतीय दुई पांग्रे सवारीसाधन (स्कूटर) लन्च गर्ने भारतबाट पहिलो ओईएम भएको छ । टिभिएस नेपालको अग्रणी कम्पनि हो ।

टिभिएस आईक्युबमा कनटेम्पोररी लुक र उत्कृष्ट निर्माण गुणस्तर छ । ग्राहकहरुले ५ आकर्षक कलर भेरियन्टबाट आफ्नो स्टाइल अनुसार एउटारं छनोट गर्न सक्नेछन् । आईक्युबमा भिजिविलिटी र सुरक्षाका लागि शक्तिशाली एलईडी हेडल्याम्पहरू डिजाइन गरिएका छन् ।

सहज ५ वे जोइस्टिकको साथमा ७ इन्चको टिएफटी क्लस्टरले इन्टयाक्सन म्युजिक कन्ट्रोल थिम परसनलाइजेसन लगाएतका सुविधाहरु प्रदान गरेको छ । ३२ लिटरको अन्डर सिट स्टोरेज, फराकिलो फ्लोरबोर्ड र ब्यागेज हुकले यात्रामा पर्याप्त सहजता प्रदान गर्दछ । साथै यु.एस.वि चार्जिङ पोर्टले सवारीका लागि अधिकतम सुविधा दिन्छ। लामो र चौडा सिटने व्यक्तिगत तथा पारिवारिक दुवै प्रयोगका लागि सहज भएकाले आईक्युबलाई व्यावहारिक विकल्प बनाएको छ ।

लन्चमा बोल्दै जगदम्बा गु्र्रपका अध्यक्ष शाहिल अग्रवालले भने, ‘टिभिएस मोटर्सको नयाँ विद्युतीय स्कुटर  टिभिएस आईक्युब नेपाली बजारमा लन्च गर्न पाउँदा हामी धेरै उत्साहित छौँ । टिभिएस आईक्युबको लन्चले नेपाली इ–स्कुटरको  क्षेत्रमा महत्वपूर्ण योगदान भएको छ । यसले हाम्रा ग्राहकहरूलाई उच्च–स्तरीय मोबिलिटीका समाधानहरू प्रदान गर्ने हाम्रो साझा दृष्टिकोणलाई प्रदर्शन गर्दछ ।’

शक्तिशाली ४‍‍.६ किलोवाट हव माउन्टेड मोटरद्वारा संचालित टिभिएस आईस्युबले ७८ कि.मि प्रतिघण्टा को टप स्पीड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०–४० कि.मि. प्रतिघण्टासम्म एक्सेलेरेसन दिन्छ टिभिएस आईक्युबमा कुल ३४ किलोबाट आवर क्षमताको एडभान्सड लिथियम (आयन रसायनको २ ब्याट्री प्याकहरू रहेका छन् यो एक इन्टेलिजेन्ट इन)हाउस वि.एम.एस (म्याट्री व्यवस्थापन प्रणाली) संग आउँदछ जसले सिंगल चार्जमा १०० किलोमिटरको रेन्ज प्रदान गर्दा ४.५ घन्टामा ०–८०१ सम्म चार्जिङ टाइम रहेको टिभिएस आईस्युव ६५० वाटको पोटॅबन क्यारी चार्जरको साथ आउँदछ ।

साथै कनै पनि ५ यम्पीयर घरेलु सकेटको साथ प्रयोग गर्न सकिने यस स्कुटरको ब्याट्री घरमै चार्ज गर्न धेरै सुविधाजनक र किफायती हुनेछ पावर र ईको मोडले राइडरलाई रेन्ज अथवा परफर्मेन्स रोज्ने विकल्प प्रदान गर्दछ। रियरमा हाइड्रोलिक ट्वीन ट्यूब शक एब्जर्बर र अगाडि टेलिस्कोपिक सस्पेन्सनले कुनै पनि भूभागमा बलियो सन्तुलन र आरामदायीता सुनिश्चित गर्दछ ।

टिभिएस आईस्युब नयाँ युगको प्रविधि र स्मार्ट सुविधाहरूका साथ भरिपूर्ण छ टिभिएस स्मार्ट एक्स कनेक्ट प्लेटफर्ममा नेभिगेसन प्रणाली, टेलिमेटिक्स युनिट, एन्टी–वेपट, जियोफेन्सिङ सुविधाहरू, यस र फल अलर्ट जस्तै सुविधाहरू आएका छन् । कुनै पनि स्मार्ट फोनलाई टिभिएस आईक्युम एपसँग कनेक्ट गरेर स्कुटरको ब्याट्री स्टाटस, र अन्य अवस्थाहरू जाँच गर्नुको साथै म्युजिक कन्ट्रोलको सुविधा पनि रहेको छ।

एलेक्सा स्किलसेट मार्फत जानकारी लिन भ्वाइस एसिस्टहरूको प्रयोग गर्न सकिन्छ । प्लेटफर्मले ड्यासबोर्डमा दिइएका एक्टिभ समयमैसरभिस अलर्टहरुले सवारी साधनको अवस्थाको बारेमा जानकारी दिन्छ । यस स्कुटरले आगमन कल र एसएमएस अलर्ट मात्र होइन सामाजिक सञ्जालका एपका नोटिफिकेसनहरू समेत प्रदान गर्दछ।

प्रिमियम सुविधाहरूसहितको टिभिएस आईक्युब एस पहिलो १००० ग्राहकहरूका लागि ४ लाख २९,९०० को आकर्षक मूल्यमा उपलब्ध छ।

भृकुटी मण्डपमा   सुरू भएको नाडा अटो शोमा सार्वजनिक गरिएको यस टिभिएस आईक्युब का बारेमा विस्तृत जानकारीका लागि टिभिएसको स्टल नं १३ मा गएर हेर्न सकिनेछ ।

साथै टिभिएस नेपालको वेबसाइट   (www.tvsnepal.com/iqube)  तथा काठमाडौंमा रहेका टिभिएसका ४ वटा डिलरसिपमा बुक गर्न सकिन्छा उपलब्धतालाई अक्टोबर २०२३ सम्ममा नेपालभर बिक्रीका थप २० बिन्दुहरूमा पुऱ्याइनेछ। टिभिएस आईक्युब एसको डेलिभरी काठमाडौंमा तुरुन्तै सुरु हुनेछ ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update