Odapalika - The Fourth Estate - चौथो अंग
रवि लामिछानेलाई थुन्नुअघि इजलासमा जे देखियाे...

बिहान ९:१५ मा रास्वपा सभापति रवि लामिछाने काठमाडौ अदालतमा उपस्थित भए । ११ बजेसम्म उनलाई एउटा थुनुवाकक्षमा राखियो । त्यसपछि उनलाई इजलास नम्बर ६ मा लग्यो । 

भनिएका गोलाप्रथा केवल बहाना हो भन्ने बुझ्यो । किनकी तोकिएर नै ठूलो हल भएको र कुनामा भएको इजलास तोकिएको थियो । प्रहरीले इजलासको दुवैतिर आवतजावत बन्द गराए । केवल कानून व्यवसाय र सूचना विभागका कार्ड भएका पत्रकारलाई इजलासमा प्रवेश दिईयो । 

त्यहाँ लामिछानेका सचिवालयका केही प्रतिनिधिहरु पनि थिए । ११ बजेदेखि नै बयान सुरु गर्नुपर्नेमा आलटाल गर्दै १२:४५ पछि बल्ल बयान सुरु भयो । त्यसबखत दर्जनौंपटक न्यायाधीश बाहिर-भित्र गरेका देखियो । 

लामिछानेका तर्फबाट रहेका वकिलहरुले बेला-बेलामा केही तर्कहरु पनि दिन्थे तर खासै तर्कमा दम देखिन्नथ्यो । न्यायाधीश मिनेट/मिनेटमै घडीतिर हेर्ने गरेका थिए । बयान सकिएपछि प्रिन्ट गर्न समेत घन्टौं लगाए । 

सरकारी वकिलको बहानामा लामो समय कुरिएको देखियो । बल्ल सरकारी वकिल आए, यो बयान आज अध्ययन गर्न सकिन्न श्रीमान् भन्दै एक दिन समय मागे । 

त्यसो भए भोलि बहस गर्ने होइन ? भन्दै न्यायाधीशले अब उहाँलाई प्रहरीको जिम्मा दिने की परिवारको जिम्मा दिने ? की कानून व्यवसायीहरुका जिम्मा दिने ? भन्दै कानूनी व्यवसायहरुसँग सल्लाह गरे । 

कानून व्यवसायहरुले अहिलेसम्म आफै उपस्थित भएकाको हकमा सोही दिने बहस गराएर थुनछेक आदेश दिने चलन छ । हामी त बहस गर्न तयार छौं । वा आजलाई स्थगित गर्ने भए परिवारको वा हामी कानून व्यवसाय जिम्मा दिदा हुन्छ भन्दै सल्लाह दिए ।

न्यायाधीशले लामिछानेसँग हेर्दै मान्यज्यू एक दिन कन्सिडर गर्नुपर्‍यो । मुद्दा  हेर्दाहेर्दैमा रहन्छ । लामिछानेले हुन्छ श्रीमान् मलाई न्यायलयप्रती भरोसा छ । हुन त म स्वयं उपस्थित भएको हूँ । भोलि फेरि उपस्थित भैहाल्छु । बाकी श्रीमानको जो आदेश भन्दै आफ्ना कुरा राखे । 

त्यसपछि न्यायाधीश फेरि ५ मिनेट भन्दै भित्र गएको देखियो । भित्रबाट आएर न्यायाधीशले हुन्छ म अब आदेश लेख्छु । भोलि बिहान १० बजे उपस्तिथि गराउने गरि उहाँलाई प्रहरीकै जिम्मा लगाउछु। भोलि बहस र थुनछेक टुङ्गो लगाउला । 

यो आदेश सुनिएपछी सबैका अनुहारमा उदासी देख्यो । एकछिनमा फेरि लामिछानेले हुन्छ श्रीमान् म आजभोलि गर्दागर्दै यसअघि ८४ दिन हिरासत बसिसकेको छु । फेरि १ दिन बस्छु तर मलाई अदालतप्रती भरोसा छ, भोलि न्याय पाउछु । 

त्यसको दुई मिनेटमै एक हुल प्रहरी आए, इजलासलाई घेरा हाले । बाहिर सयौं मिडिया तैनाथ थियो । प्रहरीले लामिछानेलाई भ्यानमा राखे, लिएर भद्रकाली तिर गए ।

विरेन्द्र केएमकाे फेसवुक पेजबाट साभार

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update