Odapalika - The Fourth Estate - चौथो अंग
कोशी प्रदेशले माग्यो वन रक्षक पदमा दरखास्त

काठमाडौँ । प्रदेश लोकसेवा आयोग कोशीले वन रक्षक पदमा दरखास्त आह्वान गरेको छ । सोमबार आयोगले प्रदेश निजामती सेवाअन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, सहायक स्तर तेस्रो तह, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित गरिएको छ ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ  । सार्वजनिक सूचनाअनुसार दरखास्त दिने अन्तिम मिति माघ २० गते र दोब्बर दस्तुर तिरी माघ २७ गतेसम्म रहेको छ ।

दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट सोझै वा मास्टर आइडी र कारोबार संकेत नं. उल्लेख भएको बैंक भौचर प्रिन्ट गरी तोकिएका बैंकबाट नगद समेत बुझाउन सकिनेछ ।

1_Mow4nwyd6b-1736746114.jpg
 

2_bEU2GCf7By-1736746116.jpg
 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update