काठमाडौँ । देशभरका सबै स्थानीय तहलाई माघ १ गते १०औँ राष्ट्रिय योग दिवस मनाउन पत्राचार गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्राचारअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार देशभरका स्थानीय तहलाई पत्र पठाएर माघ १ गते मंगलबार १०औँ राष्ट्रिय योग दिवस मनाउन भनिएको हो ।
२०७२ सालदेखि हरेक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवसको रुपमा मनाइँदै आइएको छ । योग दिवसको यस वर्षको नारा ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ रहेको छ ।
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१ ११:४३
प्रतिक्रिया दिनुहोस्