Odapalika - The Fourth Estate - चौथो अंग
लुम्बिनी प्रदेश प्रमुखले गरे स्थानीय निजामती सेवासम्बन्धी विधेयक प्रमाणीकरण

रुपन्देही । लुम्बिनी प्रदेशको स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको छ । प्रदेशसभाबाट पारित भई आएको उक्त विधेयकलाई प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सोमबार प्रमाणीकरण गरेका हुन् । 

यही पुस १७ गते प्रदेशसभाले पारित गरेर प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालय पठाइएको थियो । 

‘...प्रदेश प्रमुख श्री कृष्णबहादुर घर्तीमगरज्यूले लुम्बिनी प्रदेश सभाबाट नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा (१) बमोजिम प्रमाणित भई प्रमाणीकरणका लागि पेश हुन आएको स्थानीय निजामती सेवाको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (४) बमोजिम प्रमाणीकरण गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भविश्वर घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

notice-lumbini-pradesh-1736749703.jpg
 


 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update