काठमाडौँ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस भइरहेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा थुनछेक बहस भइरहेको हो । रविलगायत ३९ जनालाई प्रतिवादी बनाएर सहकारीको रकम ठगी अभियोगमा मुद्दा दर्ता गरिएको छ ।
आइतबार अदालतमा उपस्थित भएर रविले बयान दिएका थिए । थुनछेक बहसको प्रक्रिया नसकिएकाले आइतबार रविलाई प्रहरीको जिम्मा लगाइएको थियो ।
गत बिहीबार पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनसहितको अभियोगमा ६५ लाख धरौटी बुझाएर उनी रिहा भएका थिए । तर, आइतबार काठमाडौँ जिल्ला अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको हो ।
सोमबार थुनछेक बहसको क्रममा काठमाडौं जिल्ला अदालतको इजलासमा उपस्थित रवि लामिछानेकी पत्नी निकिताले पति रविलाई टीका लगाइदिएकी छन् ।
सोमबारबाट माघ स्नान एवं स्वस्थानी व्रत आरम्भको भएकाले निकिताले रविलाई रातो टीका लगाइदिएकी हुन् ।