Odapalika - The Fourth Estate - चौथो अंग
लगातार तीन दिन सार्वजनिक बिदा 

उदयपुर । त्रियुगा नगरपालिकामा लगातार तीन दिन सार्वजनिक बिदा परेको छ । स्थानीय तहले दिएको दुई दिन र एक दिन संघीय सरकारले दिएको बिदासहित त्रियुगा नगरपालिकामा लगातार तीन सार्वजनिक बिदा परेको हो । त्रियुगा नगरपालिकालले पुस २९ गते सोमबार (आज) नगरपालिकाको चौधौँ नगरसभा बस्ने भएकाले सार्वजनिक बिदा दिएको छ । 

‘यस नगरपालिकाको चौधौँ नगरसभाको बैठक मिति २०८१ पुस २९ गते सोमवारका दिन हुने भएकोले उक्त दिन त्रियुगा नगरपालिका कार्यालयको मात्र आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण नियमित सेवाहरु प्रवाह नहुने व्यहोरा अनुरोध छ,’ बिदासम्बन्धी सार्वजनिक सूचनामा उल्लेख छ । 

यसको भोलिपल्ट माघ १ गते मंगलबार संघीय सरकारले दिएको माघे संक्रान्तिको सार्वजनिक बिदा परेको छ । २०८० माघ १० गते गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक बिदासम्बन्धमा राजपत्रमा प्रकाशित सूचनाअनुसार माघ १ गते मंगलबार माघी पर्व÷माघे संक्रान्तिको सार्वजनिक बिदा लिने उल्लेख छ । 

यसपछि माघ २ गते बुधबार त्रियुगा नगरपालिकाले माघे संक्रान्तिको सार्वजनिक बिदा दिएको छ । ‘२०८१ माघ ०२ गते बुधवारका दिन थारु तथा मगर समुदायहरुको महान चाडपर्व माघी एवं माघे सक्रान्ति पर्वको अवसरमा नगर कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालयहरु, सम्पूर्ण शिक्षण संस्थाहरु र स्वास्थ्य संस्थाहरुमा (आकस्मिक सेवा बाहेक) स्थानीय विदा दिने मिति २०८१÷०९÷२८ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ आइतबार अधिकृत विष्णु खत्रीले जारी गरेको सूचनामा उल्लेख छ । 

Notice-triyuga-1736753998.jpg
 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update