Odapalika - The Fourth Estate - चौथो अंग
रामेछापको सुनापतिमा बस दुर्घटना, २ जना गम्भीर घाइते 

रामेछाप । सुतापति गाउँपालिका–३ देउसी चौतारोमा बुधबार बिहान भएको बस दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । 

रामेछापकै दोरम्बा शसैलुङ गाउँपालिका–५ रजमनटारबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटनामा परेकोे हो ।  दुर्घटनामा परी गम्भीर घाइते भएका २ जनालाई उपचारको लागि काठमाडौँ पठाइएको सुनापति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चिनीमाया बलले जानकारी दिए । 

बा३ख ५९६० नम्बरको सो बस सडक किनारमा पल्टिएको छ । बसमा २५ बढी यात्री सवार थिए । गम्भीर बिरामीलाई एम्बुलेन्समा पठाइएको र अन्य बिरामीलाई गाउँपालिकाको गाडीमा पठाउने तयारी भइरहेको बलले जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update