Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकारले दियो माघ २ गते सार्वजनिक बिदा 

सुनसरी । सुनसरीको रामधुनी नगरपालिकाले माघ २ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । थारु समुदायको विशेष पर्व माघीको अवसरमा माघ २ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको कार्यवाहक नगरप्रमुख रामनारायण चौधरीले जानकारी दिए । 

‘रामधुनी नगरपालिमा बाहुल्यता रहेको थारु समुदायहरुको विशेष पर्व माघीको अवसरमा मिति २०८१/१०/०२ गते बुधवारको दिन रामधुनी नगरपालिका अन्तर्गतका सम्पुर्ण कार्यलयहरु ( अत्यावश्यक सेवा बाहेक ) तथा सम्पुर्ण शिक्षण संस्थाहरुमा नगर कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको व्यहोरा अनुरोध छ,’ चौधरीले जारी गरेको सूचनामा उल्लेख छ । 

संघीय सरकारले माघे संक्रान्तिका अवसरमा माघ १ गते सार्वजनिक बिदा दिएको छ । 

ramdhuni-1736764413.jpeg
 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update