Odapalika - The Fourth Estate - चौथो अंग
रवि लामिछानेलाई प्रहरी हिरासतमा पठाउने अदालतको आदेश 

काठमाडौँ । कालीमाटीको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनको अभियोग लागेका रास्वपा सभापति रवि लामिछाने न्यायिक हिरासतमा रहने भएका छन् । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा भइरहेको थुनछेक बहस सोमबार नसकिएकाले उनलाई पुनः प्रहरीको न्यायिक हिरासतमा पठाउन आदेश भएको हो । न्यायाधीश अधिकारीले थुनछेक बहस नसकिएकाले उनलाई प्रहरीसँगै पठाउने आदेश दिएका हुन् । 

प्रतिवादीका कानुन व्यवसायीले रविलाई थुनामा नपठाउन आग्रह गरेका थिए । तर, न्यायाधीश अधिकारीले रविलाई प्रहरीकै जिम्मा लगाउन आदेश दिएका हुन् ।

भोलि मंगलबार माघे संक्रान्तिको सार्वजनिक बिदा भएकाले अब बुधबार मात्र थुनछेक बहस हुनेछ । 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update