काठमाडौँ । सरकारले रुपन्देहीको लुम्बिनी सांस्कृति नगरपालिका र पर्साको जगरनाथपुर गाउँपालिकालाई सरकारी जग्गा उपभोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
यही पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सोमबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लुम्बिनी सांस्कृति नगरपालिका र पर्साको जगरनाथपुर गाउँपालिकालाई सरकारी जग्गा उपभोग गर्ने दिने निर्णय गरेको जानकारी दिए ।
उनका अनुसार नेपाल सरकारको नाममा दर्ता रहेको रुपन्देही जिल्ला साविक लुम्बिनी आदर्श गाविसको ३ बिघा १० कठ्ठा ११ धुर सरकारी प्रकृतिको जग्गा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई उपयोग गर्न स्वीकृति दिने निर्णय भएको हो ।
यस्तै, बैठकले सरकारको नाममा दर्ता रहेको पर्सा जिल्ला साविक विजबनिया गाविस को १० कठ्ठा सरकारी जग्गा जगरनाथपुर गाउँपालिका उपयोग गर्न स्वीकृति दिने निर्णय भएको उनले जानकारी दिए ।