Odapalika - The Fourth Estate - चौथो अंग
नेपालमा आइपुग्यो फोर्सको अरबानीया, यस्ता छन् सुविधा र विशेषता 

काठमाडौँ । नेपालका लागि फोर्स मोटर्स को आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रा.लि ले नाडा अटो शोमा फोर्स कम्पनीको अरबानीया भ्यान सार्वजनिक गरेको छ । 

भारतमा अत्यधिक माग रहेको र नेपालमा सर्वाधिक खोजिएको भनिएको अरबानीयाको बिक्री सुरु भएको कम्पनीले जनाएको छ । 

भ्यान नेपालमा आयातित माइक्रोबसमध्यो सबैभन्दा प्रिमियम सुविधायूक्त रहेको कम्पनीको दाबी छ ।  कार जस्तै आरामदायी र सुविधा भउको भनिउको यो भ्यान विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको छ । 

arbinea11694587908.jpg

सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको कम्पनीले जनाएको छ । आकर्षक र सुबिधा सम्पन्न देखिएको माइक्रोबसमा १५ र १८ सिट क्षमतामा उपलब्ध छन् ।  १५ सिट भ्यानको  मुल्य ८२ लाख ९९ हजार र १८ सिटको भ्यानको मुल्य ८६ लाख ९९ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । 

यो मुल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जानकारी गराएको छ । नाडा अटो शोमा बुकिङ्ग गर्नेहरुको लागि आकर्षक छुट सुविधा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमुख स्थानहरुमा डिलर तथा सर्भिस सेन्टरहरु छन् ।
 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update