Odapalika - The Fourth Estate - चौथो अंग
सिद्धार्थ बैंकको २३औं वार्षिक साधारणसभा,  नगद लाभांश प्रस्ताव पारित

काठमाडाैँ । सिद्धार्थ बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सभाले ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको तेईसौं वार्षिक साधारण सभा काठमाडौं, भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो ।

साधारण सभाले बैंकको चुक्ता पूँजी १४ अर्ब आठ करोड ९९ लाख ८० हजार १८५ रुपैँयाको ४ प्रतिशतका दरले हुने ५६ करोड ३५ लाख ९९ हजार २०८ रूपैयाँ नगद लाभांश (कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै, साधारण सभाले एसबिएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर सम्बन्धित नियमनकारी निकायको स्विकृती पश्चात् जारी गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको तर्फबाट राहुल अग्रवाल, दिनेश शंकर पालिखे र बिरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट अंकित केडिया (प्रतिनिधि–लेभरेज होल्डिङ्स प्रालि र भोजन अर्याल (प्रतिनिधि–रिनुवल इन्भेष्टमेन्ट प्रालि) निर्विरोध निर्वाचित भएका छन् । साथै, सोही दिन बसेको सञ्चालक समितिको बैठकले राहुल अग्रवाललाई बैंक सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  २१:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update