Odapalika - The Fourth Estate - चौथो अंग
पक्राउ परे एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल  

काठमाडौँ । चेक बाउन्स आरोपमा नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् ।

चेक बाउन्स (चेक अनादार) कसुरमा परेको उजुरीका आधारमा जिल्ला प्रहरी परिस काठमाडौँको टोलीले उनलाई पक्राउ गरेको हो । 

२० लाख ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि  परेको उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । अहिले प्रहरीले दुवै पक्षलाई राखेर छलफल गराइरहेको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update