Odapalika - The Fourth Estate - चौथो अंग
दिक्तेल रुपाकोटमा मुन्दुम संग्रहालय, भित्तामा छन् ५० देशका चित्रकार 

काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय’ स्थापना गरेको छ । 

चित्रकलाको माध्यमबाट जिल्लाको पर्यटन प्रवद्र्धनसँगै कला, साहित्य र मौलिक संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कला संग्रहालय स्थापना गरेको हो ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कला संग्रहालयको औपचारिक उद्घाटन गरेका छन् । संग्रहालय उद्घाटन गर्दै मन्त्री पाण्डेले कला, साहित्य र मौलिक संस्कार÷संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनमा नगरपालिकाले गरेको कामको प्रशंसा गरे । 

नगरपालिकाले विसं २०८० असोज १७ गतेदेखि २० गतेसम्म मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको थियो । जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलमा आयोजना गरिएको कार्यशाला तथा प्रदर्शनीमा सहभागी नेपालसहित विभिन्न ५० देशका चित्रकारले बनाएका १८२ वटा चित्रलाई सङ्कलन गरी कला संग्रहालय स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।

चित्रकलाका माध्यमबाट खोटाङ र सिङ्गो देशलाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ कला सङ्ग्रहालय स्थापना गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए ।

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update