Odapalika - The Fourth Estate - चौथो अंग
भक्तपुरका ४ स्थानीय तहका १७ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदै

भक्तपुर । भक्तपुरका चारवटै स्थानीय तहका १७ हजार ६९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ । 

यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत भक्तपुरमा १० दखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपीभी खोप लगाउन लागिएको हो । 

भक्तपुरका स्थानीय तहमध्ये सूर्यविनायक नगरपालिकाका ४ हजार १६२, भक्तपुर नगरपालिकाका ६ हजार ७४२, मध्यपुरथिमि नगरपालिकाका ४ हजार २०३ र चाँगुनारायण नगरपालिकाका दुई हजार ५८४ किशोरीलाई एचपीभी खोप लगाउन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । 

कक्षा ६ देखि १० सम्मका १६ हजार ६२८ र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १ हजार ६३ किशोरीलाई खोप लगाइन छ ।

कार्यालयले खोप लगाउन खोप केन्द्र र जनशक्तिको विभाजन एवं तालिकासमेत सार्वजनिक गरेको छ । जसमध्ये सूर्यविनायकमा ६५ विद्यालय र ११ अन्य, भक्तपुर नपामा ७४ विद्यालय र छ अन्य, मध्यपुरथिमि नपामा ५६ विद्यालय र १० अन्य तथा चाँगुनारायण नपामा ४८ विद्यालय र १९ अन्य स्थान गरी कुल दुई सय ४३ विद्यालय र ४६ अन्य ठाउँमा खोप केन्द्र निर्धारण गरिएको छ ।

यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने बताइन्छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १३:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update