Odapalika - The Fourth Estate - चौथो अंग
तातोपानी गाउँपालिकाका स्याउबारी घुमिरहेका प्राविधिक

काठमाडौँ । जुम्लाका कृषि प्राविधिकहरु यतिबेला तातोपानी गाउँपालिकाका स्याउका बिरुवा काँटछाँट तथा बगैँचा व्यवस्थापनमा जुटेका छन् । 

स्याउ उत्पादन बढाउन, बोटमा लाग्ने रोगको नियन्त्रण, मलजलको व्यवस्थापनलगायतका किसानलाई ज्ञान दिनका लागि प्राविधिकहरु स्याउ बगैँचामै पुगेका हुन् ।

प्राविधिकहरु बगैँचामै पुगेर किसानलाई सिकाउन थालेपछि किसान पनि खुसी भएको तातोपानी गाउँपालिका कृषि शाखा प्रमुख दीपा पौडेलले बताइन् ।

अधिकांश किसानले परम्परागत शैलीबाटै बिरुवा रोप्ने र स्याहर गर्दै आएकामा प्राविधिकले भने थप जानकारी दिने छन् । प्राविधिकहरु बगैँचामै पुगेर सबै जानकारी दिन थालेपछि आफूहरुले पनि धेरै जानकारी प्राप्त गरेको तातोपानी–७ का किसानहरु बताउँछन् । 

किसानको परिश्रम खेर नजाओस भनेर स्याउखेतीको थप प्राविधिक कुरा सिकाउन कृषि शाखाबाट कर्मचारी बगैँचामै पठाउने गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए ।

गाउँपालिका आठवटै वटामा कृषि प्राविधिक खटाइएको छ । जिल्लामा अहिले चार हजार २५० हेक्टर क्षेत्रफलमा स्याउखेती हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ०६:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update