
झापा । झापाको शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुरमा भएको बस दुर्घटनाका घाइतेहरुको उपचार भइरहेको छ । काँकडभिट्टाबाट धरान पश्चिमतर्फ जाँदै गरेको मे १ ख २५४५ नम्बरको यात्रुवाहक बस दुर्घटनाका घाइतेहरुको बिर्तामोडस्थित बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
नागरिक यातायातको उक्त यात्रुवाहक बस अनियन्त्रित भई बुधबार बिहान ६ः३० बजे धरमपुरमा दुर्घटना हुँदा करिब ११ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ ।
अनियन्त्रित हुँदा बस सडकबाट तल खसेको थियो । सो क्रममा यात्रुहरु गुणा कोइराला, दीपा निरौला, म्यारी निरौला, निर्मला निरौला, शर्मिला कोइराला, टङ्क शिवाकोटी, आन्सा फियादेन, सुमना लिम्बू, पुष्पलाल अधिकारी, चन्द्रकला अधिकारी र कमल शान्तिराम खतिवडा घाइते भएका हुन् । घाइते सबैको अवस्था सामान्य रहेको छ ।
बस चालक मेचीनगर –१० धुलाबारी बस्ने ५४ वर्षीय टीका मेचेलाई भने इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।