Odapalika - The Fourth Estate - चौथो अंग
बागमतीमा वर्षा, अन्य प्रदेशको कस्तो छ आजको अवस्था ? 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ ।

बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरू लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०७:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update