Odapalika - The Fourth Estate - चौथो अंग
पक्राउ परिन् आशिका तामाङ 

काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने आशिका तामाङ पक्राउ परेकी छन् ।  अभद्र व्यवहारसम्बन्धी कसुरमा उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पक्राउ पुर्जी जारी गरेर उनलाई प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेको छ । 

केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षाका लागि खटिएका प्रहरीमाथि दुर्व्यवहारको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ । उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा लगिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update